भाँडा पसलभित्र जुवातास खेलिरहेका ६ जना पक्राउ

२०८० भाद्र २३, शनिबार

काठमाडौं : काठमाडौंमा भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । कोटेश्वरमै बस्दै आएका कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय जीवन खड्कासहित ६ जनालाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई नगद २१ हजार ७०५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार