पर्यटन व्यवसायी पाण्डे टुरिजम लिडर्स अवार्डबाट सम्मानित

२०८० आश्विन २७, शनिबार

काठमाडौं : पर्यटन क्षेत्रको एक सफल व्यवसायी, पर्वतीय पर्यटन र साहसीक पर्यटनको प्रर्याय सुमन पाण्डेले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट एशियन प्रोफेसनल एचिभमेण्ट अर्वाड अन्तर्गत टुरिजम लिडर्स अवार्डबाट सम्मानित भएका हुन ।

३ दशक लामो पर्यटन क्षेत्रको अनुभवलाई हेर्ने हो भने सबै सरकार तथा निति निर्माण तहमा रहेका व्यक्तिहरुलाई पाण्डेले सधै जसो नेपालको पर्यटनलाई कसरी बृद्धि बिकास गर्न सकिन्छ भनि सल्लाह सुझाव र कार्ययोजनाहरु दिने गर्दछन् ।

बिशेषत नेपालको पर्वतीय पर्यटन, साहसीक पर्यटन र समग्र पर्यटनको बिज्ञहरुको नाममा पाण्डे निकै अग्रपक्तिमा नै आउने गर्छन । पाण्डेकै अगुवाईमा सम्माननीय पूर्वप्रधानमन्त्री माधव नेपालको मन्त्रीपरिषदको बैठक विश्वको अग्लो स्थान कालापथ्थरमा आयोजना गरी उहाँले आफुलाई एक अव्वल साहसीय पर्यटन व्यवसायी हो भनि प्रमाणित समेग गरिसकेका छन् ।

सन् २०११ को नेपाल भ्रमण बर्षको कार्यकारी सदस्य, नेपाल पर्यटन वोर्डको पूर्व सदस्य, टानका पूर्व अध्यक्ष, पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष समेत भईसकेका पाण्डे हाल दोस्रो कार्यकालका लागि प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा अन्तराष्ट्रियमा) का कोषाध्यक्ष तथा सचिव समेत हुन ।

डेढ दर्जन भन्दा बढी व्यवसायी संलग्नता रहेको पाण्डे पछिल्लो समय राजनितिमा समेत सक्रिय रहेका छन् । पाण्डेले गत सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भई भारी मत ल्याई दोस्रो भएका थिए । राजनितिमा नयाँ भए पनि पर्यटन व्यवसायमा पाण्डेलाई कसैले भेट्न सक्दैन उनी पर्यटन क्षेत्रमा एक सफल व्यवसायी मध्येका एक व्यवसायी हुन् ।

हाल पाण्डे संलग्न रहेको संस्था पाटा अन्तराष्ट्रियमा समेत एक ओजिलो पदाधिकारी मध्ये एक हुन् । उनले प्राय पर्यटन सम्बन्धी बिबिध क्षेत्रमा दिएको सल्लाह सुझाव एवं कार्ययोजनाले मूर्त रुप पनि लिदै आईरहेको छ ।

पाण्डेलाई प्राय जसो सबै सरकारले एक पर्यटन बिज्ञको रुपमा बोलाई बेलाबेलामा पर्यटन सम्बन्धि सल्लाह, सुझाब र कार्ययोजना निर्माणमा समेत सहयोग लिने गर्दछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार