सर्वसाधारणलाई आइपीओ बिक्री गर्न सर्वोत्तम सिमेन्टले माग्यो बोर्डसँग अनुमति

२०८० मंसिर २५, सोमबार

काठमाडौं : बुक विल्डिङ विधिमार्फत स्थानीय बासिन्दा र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न लागेकोे हो । कम्पनीले स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।

सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।

बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०५ घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ । सोही आधारमा कायम भएको मूल्यमा आइपीओ बिक्री गर्न सर्वोत्तमले बोर्डसँग अनुमति मागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार