माछापुच्छ्रे बैंकले घटायो ब्याजदर

२०८० मंसिर २६, मंगलवार

काठमाडौँ : माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आज (मंसिर २६ गते) बाट नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो।  मंसिर महिनाका लागि ब्याजदर बढाउने एक मात्र बै‌ंक बनेको माछापुच्छ्रेले पुस नलाग्दै ब्याजदर घटाएको हो।

बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ। बैंकले साधारण बचत खातामा न्युनतम ४.६० देखि अधिकतम ६.६० प्रतिशत कायम गरेको छ।

रेमिटेन्स बचत खाता भने ७.६० प्रतिशत ब्याजदर कायम गरेको छ। त्यसैगरी रेमिटेन्स मुद्दती खाताका लागि १०.६० प्रतिशत ब्याजदर दिने जनाएको छ। यसअघि कुमारी, एनएमबी, एनआईसी एसियालगायत बैंकले ब्याजदर घटाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार