महेन्द्रनगरमा राप्रपाले पूर्वराजा महेन्द्र शाहको सालिक राख्न खोजेपछि एक साता निषेध

२०८० मंसिर २८, बिहीबार

काठमाडौं : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको संविधान चोक आसपासका क्षेत्रमा एक साताका लागि निषेध गरेको छ। यहाँ पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबार जारी गरेको आदेशमा उल्लेख छ। यस क्षेत्रमा एक सातासम्म जुलुस, प्रदर्शन, धर्ना, घेराउ गायत गर्न निषेध गरिएको प्रशासनको भनाइ छ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको संविधान चोक र त्यहाँबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्‍य सडकमा निषेधित क्षेत्र तोकेको हो। त्यस्तै संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्रसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको हो।

संविधान चोक आसपासको क्षेत्रमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापना गर्न दिने/नदिने भन्नेबारे विभिन्न राजनीतिक दलहरूबीच विवाद भएपछि सार्वजनिक स्थानमा शान्ति कायम गर्न उक्त स्थानलाई निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

राप्रपाले पूर्वराजा शाहको सालिक राख्न खोजेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले सभा गर्दै बिहीबार पूर्वराजा शाहको सालिक स्थापना गर्ने कार्यक्रम तय थियो। राप्रपाले कार्यक्रम सुरू गर्नुअघि नै प्रशासनले निषेध क्षेत्र घोषणा गरेको छ।

_८.२८-1702541892.jpg

_८.२८-1702541892.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार