धादिङमा सुख्खा पहिरो खसेपछि पृथ्वी लोकमार्ग अवरुद्ध

२०८० पुष ३, मंगलवार

काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजार नजिकै सुख्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ।

मंगलबार मध्यान्नतिर पहिरो खसेपछि दुईतर्फी सडक अवरोध भएको छ।अहिले जेसीबीसहित प्रहरीको टोलीले सडक खुलाउने काम गरिरहेको धादिङ प्रहरीले जनाएको छ।सडक अवरुद्ध हुँदा दुई तर्फी चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार