राजसंस्था स्थापना र प्रदेश खारेजीको मागसहित राप्रपाले गर्‍यो आन्दोलनको उद्घोष

२०८० पुष ३, मंगलवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था स्थापना, हिन्दू राष्ट्र र प्रदेश खारेजीको माग गर्दै बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौंमा बसेको तीन दिने केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी आन्दोलन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

मुलुकको बिग्रदो अर्थतन्त्र, जनतामा देखिएको निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीले किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायन, भष्ट्रचारलगायतका जनजीविकाका मुद्दा सम्बोधन गर्नुपर्ने मागसहित आन्दोलन घोषणा गरिएको उनले बताए।

आन्दोलन तयारीका लागि पुस-माघमा देशभरि सभा गर्ने, फागुनमा मेची-महाकाली एकता यात्रा गर्ने र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको भएको उनले बताए। आन्दोलनलाई सफल बनाउन अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ। उक्त समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू रहने राप्रपाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार