कालिमाटीमा आज यस्तो छ तरकारीको बजारभाउ (सूचीसहित)

२०८० पुष १०, मंगलवार

काठमाडौं : कालिमाटीमा मंगलबार ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र अधिकतम मूल्य ७० रुपैयाँ छ।

भारतीय ठूलो गोलभेँडा भने प्रतिकिलो १० रुपैयाँ महँगो छ। भारतीय ठूलो गोलभेँडाको मंगलबारको न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ छ भने अधिकतम मूल्य ८० रुपैयाँ छ।

स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १५ र अधिकतम २२ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो २० रुपैयाँ र अधिकतम मूल्य ३० रुपैयाँ छ।
तराईको सानो गोलभेँडाको मूल्य पनि त्यति नै रहेको छ। रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम ३८ रुपैयाँ छ।

भारतीय रातो आलुको मूल्य भने प्रतिकिलो ३ देखि ४ रुपैयाँ सस्तो रहेको छ। आज भारतीय रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३२ र अधिकतम ३४ रुपैयाँ छ।
सेतो आलुको न्यूनतम मूल्य प्रतिकिलो २६ रुपैयाँ र अधिकतम मूल्य २८ रुपैयाँ छ।

भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ९५ रुपैयाँ र अधिकतम मूल्य १०५ रुपैयाँ छ।

तरकारीको मूल्यसूची

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार