उद्यौलीमा रमाउँदै किरात समुदाय

२०८० पुष १०, मंगलवार

झापा : किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी मनाउन जुटेका छन् ।

किरातजन्य सामाजिक संघ संस्थाले अघिल्ला वर्षझै यस वर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् । किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गर्दछन् ।

हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उद्यौली सुरु हुने किरात इतिहासका अध्येयतासमेत रहेका किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष हरि चोङबाङले जानकारी दिए ।

चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन रहेको उनले बताए । उनका अनुसार यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गर्दछन् ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसितिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको चोङबाङको भनाइ थियो ।

आफूले लगाएको बालीनाली पाकेपछि माङलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा मानिएको यस चाडमा सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिआएको उनको भनाइ थियो ।

दमक र कमल शाखाले कमल पाँच सावित्रा चौकस्थित आदिवासी रङ्गशालामा वृहत चासोक कार्यक्रम राखिएको चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले बताउँछन् ।

चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक पूजाआजा गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको समेत साङ्गीतिक प्रस्तुति रहने छ ।

साथै बुद्धशान्तिमा पाँच दिने चासोक मेला लागेको छ भने शिवसताक्षीका विभिन्न चार स्थानमा एकैसाथ भव्य रुपले चासोक कार्यक्रमको तयारी तीव्र पारिएका छन् ।
चासोक तङनाममा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार