सभामुखले बुझे सरकारी निवासको चाबी

२०७९ चैत्र २, बिहीबार १४:५० बजे

काठमाडौं : सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो ।

सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए । त्यसपछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो ।

सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न चाहेनन्, बालुवाटारमै बस्ने चाहना राखे । तर, राष्ट्रिय सभाका अध्यक्षका लागि अर्को ठाउँको व्यवस्थापन नभएपछि बालुवाटारमै मुख्य सचिवका लागि तयार निवास सभामुखका लागि दिइएको हो । घिमिरे सभामुखमा गत माघ ५ गते निर्वाचित भएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार