जापानमा पानीजहाज दुर्घटना : मृत्यु हुनेको संख्या आठ पुग्यो

२०७९ माघ १२, बिहीबार १५:०६ बजे

टोकियो : जापानको तटमा पानीजहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ६ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताएका छन् । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो ।

जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाज र विमानहरू साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र चालकदलका सदस्यहरुसहित १३ जनालाई पानीबाट बाहिर निकालिएको थियो । फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताउनु बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार