अफगानिस्तानविरुद्ध आकाशको घातक बलिङ, एक्लैले लिए ४ विकेट

२०८० माघ १२, शुक्रबार

काठमाडौं : नेपालका मिडियम पेसर आकाश चन्दले ४ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान धरापमा परेको छ ।

अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाशले ४.१ ओभरमा केवल ८ रन खर्चिएका छन् । नेपालका गुल्सन झाले पनि एक विकेट लिए । पहिलो ओभरमै विकेट लिँदै गुल्सनले शानदार सुरुवात दिलाएका थिए । त्यसपछि आकाश हावी भएका हुन् ।

अफगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार