अफगानिस्तानविरुद्ध कप्तान देव खनालको महत्वपूर्ण अर्धशतक

२०८० माघ १२, शुक्रबार

काठमाडौं : नेपालका कप्तान देव खनालले आइसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

देव ७३ बलमा ७ चौकासहित ५० रनमा क्रिजमा छन् । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३१.१ ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको छ । देवको विश्वकपमा पहिलो अर्धशतक हो । नेपालको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमाअर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरेका थिए ।

खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे । नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए ।

स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । नासिर खानले दीपेश कँडेललाई २८ औं ओभरको चौथो बलमा ४ रनमा एलबीडब्लू आउट गरे । त्यसअघि अरब गुलको बलमा दीपक डुम्रे ५ रनमा क्याच आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार