अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

२०८० माघ १२, शुक्रबार

काठमाडौं : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएर सुपर सिक्समा पुगेको छ ।

अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो। ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा नेपालले अफगानिस्तानलाई पराजित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार