पुनरागमन गर्दै रियल शीर्ष स्थानमा

२०८० माघ १४, आईतवार

मड्रिड : गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार लास पालमासलाई रियलले २–१ गोलले हराएको हो ।

दोस्रो हाफको सुरुवातमा ज्याभिएर मुनोजको गोलको मद्दतले घरेलु टोली लास पालमासले खेलमा अग्रता लिएको थियो । तर, लगातार दोस्रो हप्ता रियलले पुनरागमन गर्न सफल भएको थियो । ६५ औँ मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए भने सब्सटिच्युट औरेलियन टुअमानीले ८४ औँ मिनेटमा टोनी क्रुसको क्रसमा गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई जीत दिलाए ।

जीतसँगै रियल दोस्रो स्थानमा रहेको जिरोनाभन्दा २ अङ्कले अघि रहेको छ । २१ खेलपछि रियलको ५४ अङ्क रहेको छ भने जिरोना ५२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । शनिबारको खेलमा जुड बेलिङह्याम निलम्बित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार