संकटालाई हराएर आर्मी अन्तिम चारमा

२०८० माघ १४, आईतवार

काठमाडौं : त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम चार पुगेको छ।

आइतबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ३-० गोलले हराएर आर्मी सेमिफाइनलमा पुगेको हो। आर्मीको जितमा दिनेश हेन्जनले दुई गोल गरे। उनले खेलको ४८ र ७६ मिनेटमा गोल गरेका थिए।

त्यसअघि खेलको ४५ मिनेटमा जिलेस्पी जंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो। अब आर्मीले फाइनल प्रवेशका लागि चर्च व्बाइज वा एपिएफ क्लबबीचको खेलको विजेतासँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार