आइसीसी यू–१९ विश्वकपः नेपालले पर्सि बङ्गलादेशसँग खेल्ने

२०८० माघ १५, सोमबार

काठमाडौँ : नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ। सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। जनवरी ३१ अर्थात् माघ १७ गते बुधवार दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने यी दुई देशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।

यस्तै सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँगको खेल्ने छ। नेपाल र भारतबीचको खेल फेब्रुअरी २ अर्थात् माघ माघ १९ गते शुक्रवार हुनेछ। माङ्गाउङ ओभलमा हुने नेपाल र भारतबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ। शुक्रवार समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको हो। देव खनालको कप्तानीमा रहेको नेपाली १९ वर्ष मुनिको टिमका लागि सेमिफाइनलमा पुग्न सहज भने हुने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार