‘तेस्रो प्रदेश युवा सम्मेलन २०२४’ सम्पन्न

२०८० माघ १५, सोमबार

चितवन : बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलद्वारा “प्रदेश युवा सम्मेलनः २०२४” को औपचारिक रुपमा उद्घघाटन भएको थियो र समापन कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाको उपप्रमुख खेमप्रसाद महतोद्वारा समापन भएको कार्यक्रमले ११ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । ’उद्यमी युवा समृद्ध देश: दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषद र एनसेलको बिशेष सहकार्यमा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका थिए ।

नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना मन्तव्य दिने क्रममा “बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट छ, आउनुहोस् सहकार्य गरौं । हामी सदैव हजुरहरुको लागी तयार छौं, हामीले सक्छौं, हामीले सक्ने हो र हामीले नै हाम्रो देश बनाउने हो, त्यसैगरी स्थानीय उत्पादन र कृषि उद्यमशीलतालाई जोड दिदै सामुहिक खेती गर्न सके अर्थाेपार्जन गर्न सकिन्छ र युवाहरुले सामुदायिक भावना सहित कृषि गर्ने सोच लिई प्रदेश सरकारसँग बिशेष योजना बनाई आउन बिशेष अनुरोध समेत गरेका थिए” ।

३ दिनको कार्यक्रममा बिशेषत युवा उद्यमशीलता, दिगो विकास लक्ष्यलाई कसरी स्थानीयकरण गर्न सकिन्छ, जलवायु परिवर्तनमा युवाको भुमिका के हुन्छ र हुनुपर्छ, होमस्टे व्यसायबाट कसरी अर्थाेपार्जन गर्न सकिन्छ, रैथाने खाना तथा परिकारहरुको प्रचारप्रसारमा युवाको भुमिका के हुन्छ, वातावरण संरक्षणमा युवाको भुमिका, असलशासन स्थापित गर्न युवाको भुमिका के हुन्छ र कसरी गर्न सकिन्छ भन्ने जस्ता बिषयहरुमा कार्यपत्र प्रस्तुत भएको थियो । साथसाथै कार्यक्रमको अन्तिम दिन नेपाल सरकारका पूर्व मन्त्री गिरीराजमणी पोखरेलले पनि बिशेष सेसन लिएका थिए । त्यसै गरी। माडी नगरपालिका प्रमुख तारा कुमारी माजी महतो सँग मेयरसँग युवा भन्ने प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाएको थियो । विभिन्न सिमान्तकृत समुदाय, बिशेष क्षमता भएका समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको थियो । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवर्धनमा जोड दिएका थिए । यस कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहाकार्य रहेको छ । एनसेलको बिशेष सहयोग रहेको यस कार्यक्रममा कोकाकोला नेपालले पनि सहयोग र सहकार्य गरेको थियो । यस लगायत अन्य बिभिन्न संघसंस्थाहरुले सहयोग गरी यस तेस्रो प्रदेश युवा सम्मेलन २०२४ आयोजना भएको हो ।

युवाहरुको सहभागीताले बनाएको कार्ययोजनाले बिशेष युवा उद्यमशीलता सम्बन्धी तालिम संचालन गर्ने, डाटाबेशमा आधारित प्रादेशिक एप्स वा युवा ज्ञान केन्द्र निर्माण गर्ने, अंपागता भएका व्यक्तिहरुको समस्यालाई पहिचान गरी स्थानिय तहमा शैक्षिक जनचेतना र अंपगतामैत्री बाताबरण सम्बन्धी कार्यक्रम संचालन गर्ने र स्थानीय तहसँग बिशेष पहल गर्ने, असलशासन, नैतिक शिक्षा, लागु औषध दुब्र्यसनी न्यूनीकरण सम्बन्धी करिअर काउन्सिलिङ्ग कार्यक्रम संचालन गर्ने, बागमती प्रदेशको कलासंस्कृति, खेलाडीहरु, बैज्ञानीकहरु, कलाकारहरुलाई प्रोत्साहन गर्दै बृहत खेलकुद, व्यापार तथा प्रदर्शनी कार्यक्रम आयोजनाको लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने, बागमती प्रदेशको १३ वटै जिल्लाका करिब १२० जना युवालाई डिजिटल लिटरेसी, डिजिटल मार्केटिङ्ग र साईबर सेक्युरेटी सम्बन्धी ३ दिने तालिम आयोजना गर्ने र ३ तहकै सरकारलाई आगामी बर्षको निति तथा कार्यक्रममा समावेश गराउन पहल गर्ने, बागमती प्रदेश भित्रका १३ जिल्ला भित्र रहेका बिभिन्न रैथाने खानाहरु, बालि बिउबिजन, खानेकुराहरुको संरक्षण गर्दै कोसेली घर निर्माण गरी युवा तथा बिद्यार्थीहरुसँग रैथाने बालि तथा संस्कारको संस्कृति संरक्षण तथा प्रबद्र्धन कार्यक्रम संचालन गर्न प्रदेश सरकारसँग पहल गर्ने, युवाहरुलाई नयाँ प्रबिधिमा आधारीत सामुहिक कृषि, पर्माकल्चर सम्बन्धी कार्यक्रम संचालन गर्ने साथसाथै बजारीकरण र ब्राडिङ्ग एवं प्याकेजिङ्ग सम्बन्धी तालिम सहितको कार्यक्रमको लागि प्रदेश सरकारसँग बिशेष पहल गर्ने, १३ बटै जिल्लाका बिभिन्न धार्मिक एवं साँस्कृतिक स्थलहरुमा फोहोर व्यवस्थापन सम्बन्धी बिशेष कार्यक्रम युवाहरुको संलग्नतामा संचालन गर्ने यसको लागि बागमती प्रदेश सरकारसँग बिशेष पहल गर्ने, समयसमयमा बिभिन्न बिषय तथा घटनाहरुमा गलत सुचना सम्प्रेषण हुने हुदाँ सहि सुचना वा सन्देश प्रवाह हुनुको सट्टा गलत जानकारी संम्प्रेषण हुदाँ आम जनताहरु भ्रमित हुने क्रम बढ्दो रहेको अवस्थामा Misinformation, Disinformation सम्बन्धी बिशेष कार्यक्रम संचालन गर्न पहल गर्ने र बर्तमान अवस्थालाई मध्यनजर गर्दा देशमा युवाहरुलाई प्राथमिकतामा राखी बागमती प्रदेशको हरेक जिल्लामा बित्तिय साक्षरता सम्बन्धी तालिम संचालन गर्ने र प्रदेश सरकारसँग बिशेष सहकार्य गर्ने र स्थानीय सरकारसँग पनि एक्येबद्धताको लागि पहल गर्ने कुराहरु समेटेको माडी घोषणापत्र जारी गरी प्रदेश युवा सम्मेलन २०२४: बागमती प्रदेश सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार