ठूला दलहरुसँग कुनै एजेण्डा नभएकाले मदन र वीपीको नाम बेच्दैछन् : रवि लामिछाने

२०८० माघ २०, शनिबार

रुपन्देही : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले ठूला दलहरुसँग कुनै एजेण्डा नभएकाले पुष्पलाल, वीपी, मदनको नाम बेचेको तर आफूहरुले सुृशासन र समृद्धिको एजेण्डालाई मात्र बोकेर हिँडेको बताएका छन् ।

शनिबार अर्घाखाँचीको सन्धिखर्कमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले पुराना पार्टीहरुले गर्न नसकेका कारण मुलुकलाई विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको बताएका छन् । उनले पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेपनि त्यो संख्या परिवर्तन देखाउने गरीकाम गर्न कम भएको भन्दै त्यसका लागि बहुमत चाहिने बताए ।

‘जिल्ला–जिल्लाबाट सक्षम नेतृत्व आउनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले पनि जन्माएको छ, कसैको आशिर्वादले हुँदैन्, परिवर्तन गर्न २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथिलाई अन्त्य गर्नसक्ने अवस्था हामीले ल्याउँछौं’ लामिछानेले भने । काँग्रेस र एमालेप्रति टिप्पणी गर्दै लामिछानेले ठूला भनिएका दलहरूले मदन र वीपीको नाम बेच्ने गरेको भन्दै आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

वर्तमान सरकारको कार्य सञ्चालनप्रति टिप्पणी गर्दै उनले सुरूसुरूमा काम गरेजस्तो गर्ने तर, काण्डको टुंगो नलाग्दै कसैको दबाबमा काण्डको ढाकछोप गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार