सहकारी ठगलाई कारबाही गर्न नयाँ दलले रोक्यो ? : रवि लामिछाने

२०८० माघ २४, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारे ।

‘सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भए जस्तो लाग्छ । लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ’ उनले भने ‘राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार