पोखरा म्याराथनका सबै पुरस्कार केन्याली धावकलाई

२०८० फाल्गुन ५, शनिबार

पोखरा : १८ औँ संस्करणको सफल पोखरा म्याराथनको तीनवटै पुरस्कार केन्याली धावकले जितेका छन् ।

पहिलो, दोस्रो र तेस्रो केन्याका धावक बने भने नेपाली धावक सान्त्वना भएका छन् । यो वर्षको उपाधि केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटरको दुरी उनले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन् । अघिल्लो वर्षको प्रतियोगितामा उनी दोस्रो भएका थिए । आफ्नो दौडमा सुधार गर्दै यो वर्ष उनले उपाधिमा कब्जा जमाएका हुन् ।

दोस्रो पुरस्कार पनि केन्याकै इसाक किहारा कामिरीले हात पारे । उनले २ घण्टा २० मिनेट ५ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै तेस्रो स्थान केन्याकै इड्वीन किप्लागेटले जिते । उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका हुन् ।

नेपालका किरण बोगटी सान्त्वना बने । उनले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दुरी पार गरेका हुन् । अघिल्लो वर्ष पनि पहिलो र दोस्रो उपाधि केन्याकै धावकले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार