प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, महिला नियन्त्रणमा

२०८० फाल्गुन १२, शनिबार

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले शिशुलाई काँडाबारीमा फेला पारिएको  पुष्टि गरेका छन् । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना संदिग्ध महिलाले लिएर गएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई नियन्त्रणमा लिएपनि नाम सार्वजनिक गरेको छैन ।

शिशु लैजानुको कारण पनि प्रहरीले बताएको छैन । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी गरेका थिए । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार