माेटरसाईकल दुर्घटनामा चालककाे मृत्यु

२०८० फाल्गुन १२, शनिबार

नवलपरासी : पूर्वी नवलपरासीमा माेटरसाईकल दुर्घटनामा परि शुक्रबार साँझ चालककाे मृत्यु भएकाे छ ।

मृत्युु हुनेमा कावासाेती नगरपालिका ११ कुडाैली निवासी २५ वर्षीय युवा सागर चाैधरी रहेकाे जिप्रका पूर्वी नवलपरासीले जनाएको छ । स्थानीय देवचुली १४ काे भित्री सडकमा बा ६९ प ९२३६ नम्वरकाे पल्सर बाईक चालकले नियन्त्रण गुमाउदा दूर्घटना भएकाे बताईएकाे छ ।

दूर्घटना लगत्तै निधारमा गंभीर चाेट रहेका चालक चाैधरीलाई थप उपचारका लागि सिएमसी चितवन पठाईएकाे थियाे । उपचारकै क्रममा चाैधरीकाे ९ बजेर १० मिनट जाँदा मृत्यु भएकाे सूचना अधिकारी प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार