गृहमन्त्री लामिछानेलाई संसदीय समितिले बोलायो

२०८० चैत्र १४, बुधबार

काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा बोलाएको छ।

बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री लामिछानेलाई बोलावट भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। ‘उहाँ आउनुहुन्छ। हामीले सचिव र आइजीपीलाई बोलाएको हो। उहाँ पनि पदेन सदस्य हो आउनुहुन्छ,’ खतिवडाले भने। भोलिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ।

समितिको बैठकमा गृहमन्त्री लामिछानेसहितको उपस्थितिमा छलफल गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार