चन्द्रमामा अब कारले यात्रा गर्छन् एस्ट्रोनोट्स

२०८० चैत्र २२, बिहीबार

काठमाडौँ : नासाले चन्द्रमाको सतहमा लामो दूरीको यात्रा तय गर्नका लागि कार बनाउने भएको छ। नासा आफ्नो एस्ट्रोनोट्सका लागि कार बनाउन लागेको हो।

जसका लागि नासाले विश्वका ३ कम्पनीलाई छनौट गरेको छ। जसमा इन्ट्यूशिभ मेसिन्स, लुनर आउटपोस्ट र भेन्टुरी एस्ट्रोल्याब रहेका छन्। नासाले तीन वटै कम्पनीलाई चन्द्रमाको सतहमा गुड्ने कारका लागि टायर बनाउने जिम्मेवारी दिएको छ।

यी तीन वटै कम्पनीले अब नासाको अर्टेसि मून मिसनका लागि लुनर रोभर बनाउनेछन्। यी रोभर्सको प्रयोग चन्द्रमाको सतहमा लामो दूरीसम्मको अध्ययनका लागि गरिनेछ।

यी गाडी अर्टेमिस–५ मिसनमा एस्ट्रोनट्सका साथ सन् २०२९ सम्म चन्द्रमामा पठाइने छ। चन्द्रमामा गुड्ने यी गाडीका लागि तीन वटै कम्पनीलाई नासाले करिब ३८ हजार ३७४ करोड रकम उपलब्ध गराउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार