रौतहटमा ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु

२०८० चैत्र २५, आईतवार

रौतहट : रौतहटको गुजरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट आइतबार १३ वर्षीय बालकको मृत्यु भएको छ । धन्सारबाट जंगलसैयातर्फ आउँदै गरेको ७ त ७५७ नम्बरको धागो काट्ने ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका-४ मुस्लिमटोलस्थित मामाघर बस्दै आएका १३ वर्षीय शेष सहनबाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साइकल चलाएर गाउँतिर जाने क्रममा ट्याक्टरले ठक्कर दिँदा सहनबाजको टाउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि चन्द्रनिगाहपुर लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । बालकको शवलाई घटनास्थलमै राखेर स्थानीय बासिन्दाले जंगलसैया-धन्सार सडक अवरुद्ध पारेका छन् ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । अप्रिय घटना रोक्न घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार