गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

२०८० चैत्र २५, आईतवार

कास्की : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न सकिने व्यवस्था छ ।

एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । अधिकारी यसअगाडि पनि गण्डकीका मुख्यमन्त्री थिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ मा राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार सात दिनभित्र चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार