सिरहामा पेस्तोल देखाएर मनी ट्रान्सफरको १५ लाख लुटियो

२०८० चैत्र २५, आईतवार

सिरहा : सिरहा नगरपालिकाको गुलरिया नजिकबाट अपरिचित समूहले पेस्तोल देखाएर मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लुटेका छन्।आइतबार अपराह्न १२ बजे पेस्तोलधारी समूहले मनी ट्रान्सफरका सञ्चालक पुरूषोत्तम यादवसँग १५ लाख रकम लुटेर लगेका हुन्।

सिरहाको विष्णुपुर बजारमा मनि ट्रान्सफर सञ्चालन गर्दै आएका यादव सिरहा स्थित ग्लोबल आईएमई बैङ्कबाट उक्त रकम झिकेर कार्यालय आउँदै थिए। उक्त रकम लिएर मोटरसाइकलमा जाँदै गरेका यादवलाई सिरहा-चोहर्वा सडकको गुलरिया नजिक भारतिय नम्बरको मोटरसाइकलमा आएका पेस्तोलधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको पीडितको बयानलाई उद्धृत गर्दै सिरहा प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए।

सो समूहले रकम लुटेपछि यादव चढेको स ९ प ६३१० नम्बरको मोटरसाइकललाई सडकमै लडाएर भागेका थिए। यादवले उक्त रकम मोटरसाइकलको डिकीमा राखेको प्रहरीले जनाएको छ। घटना जानकारी भएलगत्तै भारतीय सिमादेखी सहरसम्मको बाटोमा तलासी तीव्र पारिएको एसपी आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार