लुम्बिनीमा सानो आकारको मन्त्रीमण्डल बन्न सक्दैन : मुख्यमन्त्री महरा

२०८० चैत्र २५, आईतवार

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले सानो आकारको मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका छन् ।आइतबार पदभार ग्रहण लगत्तै सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री महराले धेरै दलहरू मिलेर बनेको सरकार भएकोले सबैले खोजेजस्तो सानो मन्त्रीमण्डल बन्न नसक्ने उल्लेख गरेका हुन् । उनले बाहिर आएजस्तो जम्बो मन्त्रिपरिषद् पनि नबन्ने बताए ।

यस्तै आफूहरूले मेरो भन्दा पनि हाम्रो भन्ने सामूहिक बिचार बाहिर ल्याउने प्रतिक्रिया दिए । उनले आफूहरूले हचुवाको भरमा कुनै काम नगर्ने भन्दै सामूहिक बिचार प्रदान गर्ने बताए । उनले मन्त्रीपरिषद्लाई पूर्णता र विश्वासको मत भने कानुनी म्यादभन्दा अगाडि नै लिने गरी छलफल जारी राख्ने बताए । लुम्बिनीका ५ दलको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार