चेन्नईले कोलकातालाई ७ विकेटले हरायो

२०८० चैत्र २७, मंगलवार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा चेन्नईले कोलकातालाई ७ विकेटले पराजित गरेको हो।

कोलकाताले दिएको १३८ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो। यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो। कोलकाताका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए। सुनिल नारायणले २७ रन बनाए भने अङ्कृष्ण रघुवंशीले २४ रन जोडे।

रमनदीप सिंह १३, आन्द्रे रसेल १० रनमा समेटिँदा रिंकु सिंहले ९ रन मात्र जोड्न सके। चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए। मुस्ताफिर रहमानले २ विकेट हात पारे। १३८ रनको लक्ष्य पछ्याएको चेन्नईको जितका लागि कप्तान रुतुराज गायकवाडले नटआउट ६७ रनको योगदान गरे। शिवम दुबेले २८, डेरिल मिचेलले २५ रन बनाए।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो। ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अङ्क भएको छ। त्यस्तै कोलकाताको भने यो पहिलो हार हो। ४ खेलमा ३ जित र एक हारसहित कोलकाताको ६ अङ्क रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार