‘लण्डन टु पेरिस’को गीत ‘खुला आकाश’ सार्वजनिक

२०८० चैत्र २७, मंगलवार

काठमाडौं : घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा संगीतकार हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने निर्माण टीमको विश्वास छ ।

चलचित्रमा साम्राज्ञी, निश्चल, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाको यो डेब्यु चलचित्र हो । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ ।

चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता रहेका छन् ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । सनिश खकुरेल र अजित केआर थापा चलचित्रका सहनिर्माता छन् । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र जेठ २५ गते रिलिज हुँदैछ ।

चलचित्रमा अभेद परवको डीओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर र विजय बस्यालको पोस्टर डिजाइन रहेको छ ।

मुख्य सहायक निर्देशकमा फिरोज खड्का छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0