हैदराबादले पञ्जाबलाई २ रनले हरायो

२०८० चैत्र २८, बुधबार

काठमाडौं : आईपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।

१८२ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र शिखर धवनले १४ रना बनाए ।

हैदराबादका भुवनेश्वर कुमारले २, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेवले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । पञ्जाबका लागि नितिशककुमार रेड्डीले सर्वाधिक ६४ रनको योगदान गरे । एक विकेटसमेत लिएका उनी प्लेर अफ दि म्याच पनि भए ।

यस्तै, अब्दुल समादले २५, ट्रभिस हेडले २१, अभिशेक शर्माले १६, शहबाज अहमदले १४, राहुल त्रिपाठीले ११ रन बनाए । पञ्जाबका अर्शदीप सिंहले ४, साम कुरन र हर्सल पटेलले समान दुई र कागिसो रबाडाले एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार