नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक

२०८० चैत्र २९, बिहीबार

काठमाडौँ : चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन् ।

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । त्यस्तै, क्रमशः प्राईमले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ , राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, , नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ र स्टान्डर्ड चार्टड बैंकले २ अर्ब ८करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

साथै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ, माछापुच्छे बैंकले १ अर्ब १६ करोड ४८लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार