घट्यो सुनको मूल्य

२०८० चैत्र २९, बिहीबार

काठमाडौं : आज बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर छ । आज प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार