महेन्द्रगढमा स्कुल बस पल्टिँदा ६ बालबालिकाको मृत्यु, १५ जना गम्भीर घाइते

२०८० चैत्र २९, बिहीबार

काठमाडौँ : भारतीय राज्य हरियाणास्थित महेन्द्रगढको कनिनाको उन्हानी गाउँनजिकै स्कुल बस पल्टिँदा ६ बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। स्कुल बस कनिनास्थित जीएलपी स्कुलको रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0