सुदूरपश्चिमकाे मुख्यमन्त्री नाउपाले पाउने

२०८० चैत्र २९, बिहीबार

काठमाडौं : नयाँ सत्ता समीकरण अनुसार प्रदेशमा सरकार बन्ने क्रम धमाधम चलिरहेको छ। कांग्रेससहितको गठबन्धन परिवर्तन गर्दै एमालेसँगको नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारको नेतृत्व परिवर्तन भइरहेको छ। लुम्बिनी, गण्डकी र कर्णालीमा सरकार परिवर्तन भइसकेको छ भने मधेशमा भने जसपा नेतृत्वकै सरकारले निरन्तरता पाइरहेको छ। कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकार पनि माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको छ।

यता बागमती प्रदेशमा पनि पुरानै सरकारले निरन्तरता पाइरहेको छ। कोशीमा पनि संवैधानिक संकटका बाबजुद् दलहरुले सरकार गठनको कसरत गरेका छन्।सुदूरपश्चिम सरकार गठनको विषयमा गठबन्धनबीच गृहकार्य चलिरहँदा त्यहाँको नेतृत्व नागरिक उन्मुक्ति पार्टी(नाउपा)लाई दिन दलहरु तयार भएका छन्। ५३ सदस्यीय प्रदेशसभामा नाउपाका ७ सांसद रहेका छन्। तीव्र बिवादका बीचमा वर्तमान कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको नाउपाले मुख्यमन्त्री पाउने भएको छ।

सोमबार प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेतासहित नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको बैठकले सुदूरपश्चिम सरकारको नेतृत्व दिने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नागरि उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठबीच सहमति भएको हो।

सुदूरपश्चिममा हाल कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सरकामा रहेको नाउपा सरकारबाट बाहिरिएर आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको तयारीमा लागेको छ। नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीसहित एक मन्त्रालय पाउने सहमति भएको पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार