सुनको मूल्यले बनायो रेकर्ड

२०८० चैत्र ३०, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज २४ सय रूपैयाँले बढेर १ लाख ३९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १७ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार