गरिमा बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ % नगद फिर्ता योजना सार्वजनिक

२०८० चैत्र ३०, शुक्रबार

काठमाडौँ : नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले नेपालभित्र POS मेसिन मार्फत कारोबार गर्दा अधिकतम २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि ०१ वैशाख २०८१ देखि ०३ वैशाख २०८१ सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार