‘यो मन त मेरो नेपाली हो’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक

२०८१ बैशाख २, आईतवार

काठमाडौं : फिल्म ‘यो मन त मेरो नेपाली हो’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ।

नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा मुख्य कलाकारहरू रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ। फिल्म यही वर्ष प्रदर्शन हुने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताएका छन्।

नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भन्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ।

फिल्मको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जिलिङ, जयगाउँ पश्चिम बंगाललगायतको ठाउँमा फिल्मको छायांकन गरिएको छ। पद्मा ईश्वर इन्टरटेनमेन्ट प्रालि र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको फिल्मले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्छ।


शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्ममा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0