तोयम राया महालेखापरीक्षकमा नियुक्त

२०८१ बैशाख ६, बिहीबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् ।

४ वैशाखमा संसदीय समितिबाट अनुमोदन भएका रायालाई राष्ट्रपति पौडेलले बिहीबार महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

१८ चैतमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखापरीक्षकमा सिफारिस गरेको थियो । यसअघि तथ्यांक कार्यालयका प्रमुख रहेका राया पूर्व अर्थ सचिवसमेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार