पतिको हत्या आरोपी पक्राउ परेपछि गृहमन्त्री लामिछानेलाई भेट्न किन पुगे परिवार ?

२०८१ बैशाख ६, बिहीबार

काठमाडौं : कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोग लागेका कालीबहादुर खामलाई राजनीतिक आवरणमा उन्मुक्ति नदिन श्रेष्ठका परिवारले गृहमन्त्रीसँग आग्रह गरेका छन् ।

श्रेष्ठकी पत्नी रमिला र छोरा रोहनले बिहीबार गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भेटेर पतिको हत्या अभियोग लागेका खामलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएपछि न्याय पाउनेमा आशा जागेको बताए ।

यस क्रममा रमिलाले खाम पक्राउ परेपछि धम्की आएको भन्दै आवश्यक सुरक्षाको प्रबन्ध गर्न आग्रह गरिन् । भेटमा गृहमन्त्री लामिछानलेले पद र ओहोदाका कारण कसैले छुट नपाउने स्पष्ट पारेका थिए ।

उनले कानूनभन्दा माथि कोही नभएको भन्दै सबैलाई कानूनअनुरुप कारबाही हुने बताए । लामिछानेले न्यायलयमाथि कसैले प्रश्न उठाउन नमिल्ने भन्दै अनुसन्धान र अदालतमा मुद्दा चलाउँदा कमी कमजोरी हुन नदिने बताएका थिए ।

भेटमा रामहरिका छोरा रोहनले राजनीतिक आवरणमा उन्मुक्ति दिएका घटना धेरै रहेकाले यो मुद्दामा यस्तो हुन नदिन आग्रह गरे । २०६५ साल वैशाख १५ गते व्यवसायी रामहरिको हत्या भएको थियो । उनको हत्याका प्रमुख योजनाकार भनिएका १५ वर्षदेखि फरार खामलाई गत चैत २० गते ठमेल क्षेत्रबाट पक्राउ परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार