पेस्तोलसहित काठमाडौंको नयाँबस्तीबाट १ जना पक्राउ

२०८१ बैशाख ६, बिहीबार

काठमाडौं : पेस्तोलसहित नयाँबस्तीबाट एक जनालाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामा छन् । पहेंलो पुल नजिक बा १८ च ८३६१ नम्बरको जीपमा हतियारसहित हिंड्दै गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

नाम उल्लेख नभएको सेमिअटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोली बरामद भएको छ । उनीमाथि हातहतियार तथा खरखजानाको कसूरमा अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार