सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

२०८१ बैशाख ६, बिहीबार

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणमा भएका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ। सो सङ्ख्या सुदूरपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्।

प्रदेश प्रमुख मियाँले बिहीबार साँझ ७ बजे मुख्यमन्त्री सोडारीलाई शपथग्रहण गराएका प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार