बस दुर्घटना हुँदा १० घाइते, १ को अवस्था गम्भीर

२०८१ बैशाख ६, बिहीबार

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगगा नगरपालिकाको कोप्चिबासमा बस दुर्घटना भएको छ।

दाङ जाँदै आएको रा १ ख  १५०५ नम्बर बस शितगगा नगरपालिका वाड न ४ कोप्चिबास भन्ने स्थान दुर्घटना भएको हो। दुर्घटना हुँदा बसमा सवार मध्ये १० जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते सबैको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इप्रका ठाडाका प्रहरी नायक निरीक्षक डम्बर बुढाथोकीले जानकारी दिए। थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार