पाथीभरा क्षेत्रमा मदिरा निषेध

२०८१ बैशाख ६, बिहीबार

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।

पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटल सञ्चालनमा रहेका छन् । सो क्षेत्रमा मदिराजन्य वस्तुको सेवन तथा कारोबार गर्न निषेध गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई समेत दृष्टिगत गरी मदिरा निषेध गरिएको छ ।

समितिको बैठकले काफ्लेपाटी र सोभन्दा माथिको क्षेत्रमा मदिराजन्य वस्तु सेवन गर्न र बेचबिखन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको हाङ्बाङले जानकारी दिए । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री वितरण गर्न पूर्णरुपमा निषेध गरिएसँगै यसलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

मदिरा निषेध गर्ने निर्णयको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाही हुने पनि समितिले सम्बन्धित सबैलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार