तीन सहसचिव सचिवमा बढुवा

२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ : सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बढुवा हुनेमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार