जापानमा शक्तिशाली भूकम्प

२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ : जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।

स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा गएको भूकम्पपछि सुनामीको खतरा भने नरहेको जानकारी दिइएको छ। भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो। भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रको धेरै भागमा महसुस गरिएको थियो।

एनएचेको रिपोर्टमा भूकम्पले इकाटा परमाणु प्लान्टमा पनि कुनै समस्या नदेखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार