धुर्मुस सुन्तलीले गर्न नसक्ने नाटक सुमनाले गरे : ज्ञानेन्द्र शाही

२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। फोटोमा उनी पाखुरामा टालेको सेतो सर्ट लगाएर इलाम–२ का मतदाताको बिचमा देखिन्छिन्।

यही वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा माहौल खडा गर्न इलाम पुगेकी मन्त्री श्रेष्ठले पाखुरामा च्यातिएको सर्ट सिलाएर लगाएको देखेपछि त्यसमाथि विभिन्न टिप्पणी आइरहेको छ। उनका प्रशंसकहरूले उनलाई सादगी मन्त्री भनेर प्रचार गरिरहेका छन्। उनका विरोधीहरूले भने थप अर्को स्टन्टबाजी गरेको भन्दै आलोचना गरिरहेका छन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सुमनाको पहिरनको विषयलाई लिएर कटाक्ष गरेका छन्। उनले धुर्मुस सुन्तलीले गर्न नसक्ने नाटक सुमनाले गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

शाहीले भनेका छन्, ‘सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको एमआईटी विश्वविद्यालयको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैयाँ तिर्न सक्नेले एउटा ३५० रुपैयाँको सट किन्न सक्दैन रे ? अनि काठमाडौँमा फेरि–फेरि गाडी चढ्ने सक्ने , एनजीओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिनाकै ९० हजार तलब खान सक्ने र काठमाडौँको ५ स्टार होटेलमा विदेशी श्रीमान‍्सँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र  विदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा–सोझा इलामे जनतालाई उल्लु बनाउने  यो तिम्रो नाटक घर होइन ? तिमीहरू भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार