जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : केपी ओली

२०८१ बैशाख ६, बिहीबार

दमक : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताएका छन् ।

उनले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्तो बताए। बिहीबार झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गरे ।

विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उनले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताए। मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उनले बताए। “हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ” उनले भने। एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गरेको उनले बताए।

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता उनले जनाए। ओली प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्रमा ल्याइएका विभिन्न योजना अलपत्र छन्। स्थानीयले विकास योजनाको विषयमा जिज्ञासा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार