यात्रुलाई कुटपिट गरेको आरोपमा इनड्राइभ चालक तामाङ पक्राउ

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौँ : यात्रुलाई कुटपिट गरेको आरोपमा प्रहरीले इनड्राइभ चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको भबादी गाउँपालिका–२ स्थित जुगेलपानी घर भएका जोन तामाङ छन्।

टोखा बस्दै आएका २६ वर्षीय आरोपीलाई बानियाँटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। चैत २४ मा थापाथली क्याम्पस अगाडीबाट इनड्राइभ गरेर नर्भिक हस्पिटल तर्फ जाँदा चालकले अर्को बाटो लैजान खोजेपछि विवाद भएको थियो।

विवाद भएपछि यात्रुले मोटरसाइकलको चाबी निकालेर प्रहरीलाई खबर गर्छु भनेपछि उनीहरूबिच चाबी खोसाखोस भएको थियो। चाबी खोस्ने क्रममा केशव घिमिरे घाइते भएका हुन्। आफ्नो दायाँ हातको ३ वटा औँला भाँचिएको घिमिरेले दाबी गरेका छन् । वैशाख ५ मा आरोपीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार